संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । कैलालीको धनगढीमा आज धनगढी उपमहानगरपालिका र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलका रुपमा विका