हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाले दुर्गमका बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । पालिकाले आफैंले एउटा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो । स्वास्थ्य चौकीले रिफर गरेका जटिल बिरामीलाई सुर्खेत तथा नेपालगन्जका अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने समेत गाउँपालिकाले निर्णय गरेको ताँजकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो । […]