रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबार प्रहरी जवान आधारभूत तालिम ८-११२ औं दीक्षान्त समारोह भएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको उपस्थितिमा २८७ जना जवानलाई दीक्षित गरिएको हो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम भएर लाग्न निर्देशन दिए । […]