काठमाडौँ – वकिलहरुले आइतबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो आन्दोलनमा प्रहरी दमनको विरोधमा प्रदर्शन गरेका हुन् । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनमा बल प्रयोग भएको भन्दै विरोध गरिएको हो । कानुन व्यवसायीहरुले आइतबार देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगरी आन्दोलन गरिरहेका छन् […]