कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७७ मा फागु पूर्णिमाको अवसरमा भिडभाड गरेर होली खेल्न रोक लगाएको थियो । संक्रमण दर घटेसँगै यसवर्ष सरकारले ‘होली नखेल्नु’ भनेको छैन । प्रहरीले फागु पूर्णिमामा हुने भीडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिनेगरी सुरक्षा योजना तयार गरेको छ । काठमाडौं जिल्लाका १९ सार्वजनिक ठाउँमा होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा आयोजित होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न १ हजार ५ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना