मेवा बेचेर मासिक डेढ लाख आम्दानी

रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्य मेवा बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्छन् ।

सम्बन्धित सामग्री

मेवा बेचेर मासिक डेढ लाख कमाउँछन् ‘अनार बाजे’

रामेछाप : जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन्।अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उनले जानकारी दिए। आचार्यले मेवाखेतीभित्र कागतीसँगै

मेवा बेचेर मासिक आम्दानी डेढ लाख

मन्थली (रामेछाप), ६ पुस । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा […]

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मिना नेपालको बारीमा लटरम्म गोलभेंडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ’, गोलभेडा टिप्दै गरेकी नेपालले भनिन् ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेडा रोपेकी छिन् ।  ‘श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो,’ उनले भनिन् ‘विदाको समयमा सहयोग श्रीमानले पनि सहयोग गर्नुहुन्छ । अरुबेला आफैं खटिन्छु ।’ खेताला, बीउविजन, औषधी गर्दा डेढ लाख जति लगानी परेको उनी बताउँछिन् । नेपाल मात्रै होईन डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेंडा लगाउँदै आएका सोहि ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेंडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन’, उनले भने ‘बारीमै गोलभेंडा उठाउन आउँछन् ।’  उनीहरुले अहिले गोलभेंडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाई खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । ‘गत वर्ष गोलभेंडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ’, अध्यक्ष श्रेष्ठले भने ‘यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साँढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानहरुलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताईन् । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरीले गोलभेडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक ७०० क्रेट यहाँका किसानले फलाएका गोलभेंडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । गाडी लिएर किसानको गोलभेंडा लिन व्यापारीहरु गाँउमानै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । यहाँका किसानको गोलभेंडा फलाउने तरिका अलि फरक छ । किसानहरुले मकै दोर्‍याउने बेला गोलभेंडाका विरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेंडालाई थाक्रो हुन्छ । यसले गोलभेंडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेंडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताइन् । बिना सिँचाई यहाँको माटोमा गोलभेंडा फल्ने गरेको उनले बताए ।  यो क्षेत्र समुन्द्री सतहबाट १ हजार ४०० मिटरको उचाईमा छ । दक्षिण पटी फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिएको छ । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरी हरेक परिवारले मकै भित्र रोपेका गोलभेंडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रुपमा गोलभेंडा रोपेका परिवारले पनि यो समय कम्तीमा १ लाख आम्दानी गरेका छन् ।

निगुरो बेचेर मासिक डेढ लाख आम्दानी गर्दैँ विष्णुमाया

तनहुँको ऋषिङ गाउँपालिका ३ गोमनताल निवासी ६२ वर्षीय विष्णुमाया थापा दुई महिना निउरो बेचेर वर्षभरीको लागि चाहिने खर्चको जोहो गर्दै आउनु भएको छ । लामो समय अघिदेखि सदरमुकाम दमौलीमा निगुरो बेचेर घरायसी खर्च नुनतेल लगायतका खाद्यान्न र कपडा एवं दशै तिहारको लागि दक्षिणा रकमको जोहो गर्दैँ आएको घुम्तीमाया बताउनुहुन्छ । ‘‘उत्पादनको लागि लगानी गर्नु नपर्ने, पसिना बगाउन नपर्ने र आम्दानी पनि राम्रो हुने गरेकोले २० वर्ष अघ देखि निगुरो बेचेर घरायसी खर्च धानेको छु’’ विष्णुमायाले भन्नुभयो । दैनिक ५० मुठा निगुरो जङ्गलबाट टिपेर ल्याउने गरेको र ४० रुपियाँको दरले बिक्री गरी दैनिक दुई हजार रुपियाँ आम्दानी गर्ने गरेको विष्णुमायाले बताउनुभयो ।

डाक्टर हाेउन् त यस्ता, अफ्नाे दुर्गम भत्ताबाट गरिदिए किसानलाई ऋणमुक्त

केही समयअघि कर्णाली प्रदेश सरकारले प्रदेशमा खटिने विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन स्वरुप दुर्गम विशेष भत्ता दिने व्यवस्था गरेको थियो । त्यही दुर्गम विशेष भत्ता सुर्खेतका एक डाक्टरले भैँसीपालक किसानको ऋण तिरेर ऋणमुक्त गराइदिनुभएको छ । डा. नवराज केसीले वीरेन्द्रनगर-२ का भैँसीपालक किसान कृष्णबहादुर खत्रीको ऋण तिरेर ऋणमुक्त गराउनुभएको हो । खत्रीले ऋण काढेर ७० हजारमा किनेर ल्याएको भैँसी पाल्दा त्यति आम्दानी नभएपछि दुई लाख ऋण पुगेको थियो । जसोतसो ५० हजार मात्रै उहाँले बुझाउनुभएको थियो । भैँसीपालक किसान खत्री समस्यामा परेको थाहा भएपछि प्रदेश अस्पताल सुर्खेतमा बालरोग विशेषज्ञसमेत रहनुभएका डा. केसीले दुर्गम विशेष भत्तावापतको डेढ लाख रुपियाँ सहयोग गरेर खत्रीलाई ऋणमुक्त गराउनभयो । किसान खत्रीले भैँसी किन्दा ल्याएको ऋण तिर्न नसकेर समस्यामा परेको बेला डा. केसीले उक्त ऋण तिरिदिएर आफूलाई ठूलो गुन लगाएको बताउनुभयो । दुध बेचेर ऋण तिर्ने सोचले भैँसी किनेको र भनेजस्तो आम्दानी नभएपछि समयमै पैसा तिर्न नसक्दा खत्रीलाई समस्या परेको थियो ।