पाल्पा । रामपुरका गोविन्दप्रसाद दुवाडी एक मौसममा प्याजका बिरुवा बेचेर १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन्। विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन्। रामपुर नगरपालिका-३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ। करिब एक रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको उनले […]