नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको माओवादी केन्द्रको भनाइ छ ।माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने स