शपथको महिना दिन पुग्दा पनि प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले हालको पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मंसिर १ मा बसेको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएको दिन बढीमा दुई साताभित्र मन्त्री परिषद बिस्तार हुने उनले बताएका थिए ।निवर्तमान मुख्यमन्त्री भीम आचार्यले ७ मन्त्रालयमा ८ मन्त्रीमार्फत् काम गर्दै आएका थिए । गत कात्तिक १६ मा राई मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै भागबन्डा मिलाउन मन्त्रालय बढाएर कम्तिमा ११ पुर्याउने तथा मन्त्री र राज्यमन्त्रीसहित १३ मन्त्री बनाउने योज