बालेनले सुने ईः को आवाज

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई चुनावी वाचा स्मरण गराउँदै ९ दिनदेखि उभिएर शान्तिपूर्ण धर्ना दिँदै आएका अभियन्ता ईः र महानगरबीच बुधबार साँझ ४ बुँदे सहमति भएको छ । सहमतिलगत्तै अभियन्ता ईः लगायतले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको मूलद्वारमा गर्दै आएको धर्ना स्थगित गरेका छन् । सहमतिमा महानगरका तर्फबाट चिनीकाजी श्रेष्ठ र धीरज जोशी तथा ईः ले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

सम्पादकीय: नयाँ पुस्ताका मेयर साँच्चै नयाँ बनून्

सडकछेउ व्यवसाय व्यवस्थापनको मुद्दा उठाएर उभिएरै धर्ना कसेका अभियन्ता ईः र काठमाडौं महानगरबीच ढिलै भए पनि बुधबार राति सहमति भएको छ । दुई पक्षबीच चारबुँदे सहमति भएसँगै ईःले करिब दुई सय घण्टा लामो धर्ना स्थगन गरेका छन् । संवादबाट सहमति जुट्नु सकारात्मक छ । यसले बन्द–हडताल वा कुनै आक्रामक आन्दोलन नगरी शान्तिपूर्ण तरिकाबाट पनि आवाज उठाउन सकिन्छ, माग सुनुवाइ हुन सक्छ भन्ने बलियो सन्देश प्रवाह गरेको छ ।

‘बरु मर्छौं, माग पूरा गराएरै छाड्छौं’

कोरोना महामारीको बेला आमनागरिकका आवश्यकता पूरा गराउन ईः र अभियानका अन्य व्यक्तिले ठुलै त्याग गरेका छन्। ११ दिनदेखि शरीर अन्नपानीविहीन छ। जिउ लल्याकलुलुक र अनुहार टिठलाग्दो बनेको छ। तर, भोकभोकै बसेका एक जोसिला युवाको आवाज सरकारले सुनिरहेको छैन।