विश्वकप छनोट : उरुग्वे र पाराग्वे बराबर

काठमाडौं। विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान भएको खेलमा दुवै टिमले गोलका केही अवसर गुमाएका थिए। उरुग्वेले तीन वटा गोलका मौका गुमाउदा बराबरीमा रोकिन बाध्य भयो। पाराग्वे ५ खेलबाट ७ अंकसहित तालिकाको चौथो स्थानमा छ भने उरुग्वे समाज अंक भए पनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ।