लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि भएको मतदानको मत गणना शुरू भएको छ ।
दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रको मतदान स्थलमा विहान ९ बजेदेखी सुरु भएको मतदान निर्धारित समय भित्रै सकिएको थियो ।
लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकोमा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार, प्रदेश सांसद तर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् ।
मतदानका लागी प्रदेश सां...