संघीय संसद्को महासचिवमा भरतराज गौतम सिफारिस, को हुन् उनी?

काठमाडौँः संघीय संसद्को महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस भएको छ । संवैधानिक व्यवस्था अनुसार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई महासचिवमा सिफारिस गरेका हुन्। सिफारिस अनुसार संसद्को महासचिव राष्ट्रपतिबाट नियुक्त हुनेछ।  गौतम हाल सचिवालयका सचिव हुन्। महासचिवमा प्रतिस्पर्धामा सचिवालयका अर्का सचिव ध्रुवप्रसाद घिमिरे पनि थिए।

सम्बन्धित सामग्री

अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना कम्बोडियाको भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता भएका हुन् । अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतम र राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले स्वागत गएका […]

चोलेन्द्रका सम्बन्धमा लिखित जवाफ तयार पार्दै संसदका महासचिव

२५ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन् । शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको छ । त्यस अनुसार महासचिव गौतम […]

सर्वोच्चलाई दिने जवाफबारे संसदका महासचिव परामर्शमा

२३ मंसिर, काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको सम्बन्धमा सर्वोच्च अदालतलाई दिने जवाफका विषयमा संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम छलफलमा जुटेका छन् । उनी आफ्नै कार्यकक्षमा सचिव, प्रवक्ता लगायतसँग परामर्शमा छन् । महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र बुधबार दिएका थिए । लगत्तै बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले […]

चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संसद सचिवालयका महासचिवलाई हटाउन सम्भव छ ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सफाई दिने गरी पत्र पठाएपछि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम विवादमा परेका छन् । उनले संविधान र कानुन विपरितको काम गरेको भन्दै कारवाही गर्नेसम्मका कुरा ...

संसदले नै नेकपा फुटाउन सक्छ ? प्रदेशको नजिर के छ ?

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएसँगै सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पार्टीका नेता र विज्ञसंग परामर्शमा जुटेका छन् । सभामुखको सचिवालयका अनुसार सापकोटाले बुधबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम र सचिवालयका सचिवहरुसँग ब्रिफिङ लिए । बुधबार नै केही नेताहरुसँग भेटेर सभामुखले संसदका आगामी कदमहरु के कस्ता हुन सक्छन् भनेर राय/परामर्श लिए । बिहीबार पनि […]

संघीय संसद सचिवालयको महासचिवमा भरतराज गौतम नियुक्त

काठमाण्डौ - संघीय संसद सचिवालयको महासचिवमा डा। भरतराज गौतम नियुक्त हुनुभएको छ । हाल सचिवालयको वरिष्ठ सचिव रहनुभएका गौतमलाई सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गर्नुभएको हो । गौतमले संसद सचिवालयमा २५ वर्ष सेवा गर्नुभएको ...

संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस

काठमाडौं : संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम सिफारिस भएका छन्। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले गौतमलाई महासचिव नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए।   ‘संघीय संसद...