गोरखा संग्रहालय सधैं खुला

आगन्तुकको प्रवेश बढाउन गोरखा संग्रहालय अब सातै बार र सार्वजनिक बिदाको दिन पनि खुल्ने भएको छ । दसैंको अष्टमी, नवमी र दशमी गरी ३ दिन बन्द भएको र अब तिहारको औंसी, प्रतिपदा र दशमीमा बन्द हुनेछ । यसबाहेक अन्य दिन प्रदर्शनी कक्ष खुला रहने संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।

सम्बन्धित सामग्री

११ लाखले गरे गोरखा संग्रहालय भ्रमण

गोरखा दरबार संग्रहालयको १७ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा १६ वर्षको अवधिमा ११ लाखले भ्रमण गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख जयनारायण कार्कीले बताउनुभयो।

पोखराको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका

पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको प्रमुख आकर्षण तथा गन्तव्यहरूमध्ये पश्चिम पोखरामा फेवाताल (तालबराही मन्दिर, लेकसाइड, रत्न मन्दिर, हेमागृह, बसुन्धारा पार्क), विश्व शान्तिस्तूप, सराङकोट, महेन्द्र गुफा, डेभिज फल्स (पातले झरना), गुप्तेश्वर गुफा, चमेरो गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, अन्नपूर्ण पुतली संग्रहालय, विन्ध्यवासिनी मन्दिर, मट्टीखान भ्यूटावर, बन्जीजम्प हेम्जा, कोमागाने पार्क, सेती बाँध, गोरखा संग्रहालय, पोखरा क्षेत्रीय […]

गोरखाको ठूलो आँगनमा ठडियो पृथ्वीनारायण शाहको सालिक

२७ पुस, गोरखा । ३०१औं पृथ्वी जयन्तीको अवसर पारेर गोरखाको ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । अब उक्त सालिकलाई नेपाली सेनाले हरेक दिन सलामी दिनेछ । गोरखा संग्रहालय परिसर अगाडि ठूलोआँगनमा नेपालको नक्सा अंकित मोनोग्राम र पृथ्वीनारायण शाहको सालिक राखिएको छ । नेपाली सेनाको अगुवाइ र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त […]

गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर

गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष संग्रहालय भ्रमण गर्नेको संख्या दोब्बर भन्दा बढि रहेको संग्रहालयले जनाएको छ ।कोरोना संकटका कारण गरिएको लकडाउनले आर्थिक वर्ष २०७७/०७८ मा ३३ हजार २ जनाले मात्रै संग्रहालय भ्रमण गरेका थिए । तर कोरोना संक्रमणको दर घट्दै गएसँगै संग्रहालय […]

जेसीजको सम्मेलन गोरखामा, प्रचण्डले उद्घाटन गर्ने

२९ साउन, गोरखा । नेपाल जेसीज क्षेत्र ‘ख’ को सम्मेलन गोरखामा हुने भएको छ । यही भदौ ३ र ४ गते हुने सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । गोरखा जेसीजले आइतबार पत्रकार सम्मेलन गरी नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको प्रचण्डले उद्घाटन गर्ने जानकारी दिएको छ । सदरमुकामस्थित गोरखा संग्रहालय परिसरमा […]

गोरखा संग्रहालय घुम्न आउने पर्यटकको संख्या बढ्दै

गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझ्न र हेर्न आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणको समयमा प्रयोग भएका विभिन्न सामग्री हेर्न आउनेको संख्या...

त्रुटि सच्याउँदै गोरखा  संग्रहालय मर्मत

प्राविधिक त्रुटि सच्याउँदै ‘कान्छो दरबार’ को रूपमा परिचित गोरखा संग्रहालयको मर्मत भएको छ । भूकम्पपछि सम्पदाहरूको पुनर्निर्माणअन्तर्गत पुरातत्व विभागले संग्रहालयको मर्मत गरेको हो । चालु अर्थिक वर्ष बुइँगल र छाना मर्मतको काम भएको संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।

साउनयता २६ हजारले घुमे गोरखा संग्रहालय

५ पुस, गोरखा । गत साउनदेखि मंसिरसम्मको पाँच महिनामा २६ हजारभन्दा बढी पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन् । १४ हजार ४३ जना नेपाली पर्यटक, १२ हजार ४४८ विद्यार्थी र ६८ जना विदेशी पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । यसबाट ४ लाख ८२ हजार ५ सय राजश्व संकलन भएको […]

सार्वजनिक बिदामा पनि गोरखा संग्रहालय खुला

नयाँवर्षमा सार्वजनिक बिदा भए पनि खुला रहेको गोरखा संग्रहालयको १ हजार ४ सय ३२ जनाले अवलोकन गरेका छन् । दुई सय ६७ विद्यार्थी, १ हजार १ सय ६२ नेपाली र ३ विदेशीले संग्रहालय घुमेका हुन् । अघिल्ला वर्षहरुमा नयाँवर्षमा बन्द रहँदै आएको संग्रहालय यो वर्ष खुला गरिएको हो । नेपालीहरुको घुम्ने संस्कार बढ्दै गएकाले नयाँवर्ष मनाउन जिल्ला आइपुगेका पर्यटकलाई लक्षित गर्दै आज संग्रहालय खुल्ला गरिएको संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

५० हजारले घुमे गोरखा संग्रहालय

गोरखा : आर्थिक वर्ष २०७४/०७५ को आठ महिनामा ५० हजार भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन्। नेपाल एकीकरण उद्गम थलाे गोरखाकाे ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकहरूको संख्या ५० हजार पुगेको गोरखा संग्राहलयका सुनिता भँडेलले जानकारी दिइन्।  ‘गोरखा र नेपालको ऐतिहासिक ...