काठमाडौं प्रहरी परिसर प्रमुख फेरीए

काठमाडौं, ५ मंसिर । काठमाडौं प्रहरी परिसर प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरी तानिएका हुन् । यसअघि प्रमुखको जिम्मेवारी सम्हालेका काठमाडौं परिसरका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै, महानगरीय प्रहरी प्रमुख ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा यज्ञ […]

सम्बन्धित सामग्री

सारुकको सुसाइड नोट: 'गल्ती मेरै हो,अरुलाई दोष नदिनु'

काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीका अनुसार सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उनले उल्लेख गरेका छन्।...

कसले गरायो एकाबिहानै संसद भवन नजिकै सिलण्डिर ‘बम’ विष्फोट ?

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर […]

पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

१७ फागुन, काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए । उनका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का […]

बलम्बुस्थित खोलामा किशोरको शव भेटियो

१० फागुन, काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् । स्थानीय खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट […]

काठमाडौं प्रहरी परिसरमा जान खोप कार्ड अनिवार्य

१८ माघ, काठमाडौं। काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड […]

बसपार्क सामूहिक बलात्कार : थप एक जना पक्राउ

नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ परेका छन् । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी सुदीप गिरीले ललितपुरबाट थप एक जनालाई बुधबार पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार योसँगै प्रकरणमा संलग्न सबै जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख फेरिए

२ पुस, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् । गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर समय अगावै सरुवा गरिएको भन्दै बालुवाटारले सिंहको सरुवा रोकेको थियो । प्रहरी प्रधान […]

सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी बेपत्ता

११ कात्तिक, काठमाडौं । नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना विद्यार्थी बेपत्ता भएका छन् । दैलेखको गराँस गाउँपालिका घर भएका २५ वर्षीय राजेश शाही १७ भदौदेखि बेपत्ता भएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुमा शाहीको खोजतलासका लागि निवेदन आएको एसएसपी अशोक सिंहले बताए । उनले भने, ‘प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।’ […]

अपहरणका आरोपीलाई सफाइ प्रकरण : प्रहरीले बनायो छानबिन समिति

११ असोज, काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपीले सफाइ पाएको आरोप लागेपछि प्रहरीले छानबिन गर्ने भएको छ । अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने काठमाडौं प्रहरी परिसर, टेकुमाथि छानविनका लागि समिति गठन भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन […]

बिन्दवासिनी म्युजिककी रेग्मी पक्राउ

२७ पुस, काठमाडौं । बिन्दवासिनी म्युजिक प्रा.लि.का एक जना सञ्चालकलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनीकी सञ्चालिका लिना शर्मा रेग्मी छिन् । उनलाई धुम्बाराहीस्थित घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेस विष्टले बताए । विष्टका अनुसार गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा शर्मालाई पक्राउ […]