काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। वागमती प्रदेश कमिटी सदस्य समेत रहेका वैद्यलाई आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।
काठमाडौँ ज्ञानेश्वरका स्थानीय वैद्य उज्ज्वल थापाको अभियानबाट विवेकशील पार्टीमा जोडिएका थिए।