स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिए

लमजुङ– स्थानीय तहको निर्वाचनका लागि लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीमा दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९ सय ८७ जना छनोट भएका हुन् । जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना […]

सम्बन्धित सामग्री

हामी पनि म्यादी प्रहरी बन्ने !

मङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।म्यादी प्रहरी छनोटमा  स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भ

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान

घर फर्किए म्यादी प्रहरी

स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगा

घर फर्किए म्यादी प्रहरी

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए।...

ड्युटीमा म्यादी प्रहरी (तस्बिरहरू)

काठमाडाैँ- स्थानीय तह निर्वाचन पर्सि अर्थात् वैशाख ३० गते हुँदैछ। गए राति १२ बजेबाट मौन अवधि सुरु भइसकेकाे छ। निर्वाचन आयोगले पनि चुनावको तयारी तीव्र पारेको छ। चुनाव नजिकिएसँगै म्यादी प्रहरी पनि आफ्नाे ड्युटीमा सक्रिय रूपमा लागिपरेका छन्। निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएकाे हाे। यद्दपि अहिले भने उनीहरूले सडकमै सुरक्षा दिइरहेका छन्। प्रदर्शनीमार्ग, […]

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा

सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प

स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट

लमजुङ – आगामी स्थानीय तह निर्वाचनका लागि लमजुङमा १ हजार ७४ जना म्यादी प्रहरी छनोट भएका छन् । म्यादी प्रहरीमा आवेदन दिएकामध्ये लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन्। जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ […]

म्यादी प्रहरी भर्ना थालियो, बैतडीमा ८१४ जना छनोट हुने

बैतडी : स्थानीय तह निर्वाचन २०७९ का लागि बैतडीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आइतबारदेखि शुरु भएको छ। भर्ना प्रक्रिया अगाडि बढाउन आजदेखि चैत ११ गतेसम्म दरखास्त लिइने  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ८१४ जना म्यादी प्रहरी भर्ना गरिनेछन्। दरखास्त दिएकाहरूको छनोट प्रक्रिया १५  चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण शुरु गरिनेछ।छनोटका विभिन्न मापदण्डसमेत निर्धारण

हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए ।छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकत