बैतडी : स्थानीय तह निर्वाचन २०७९ का लागि बैतडीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आइतबारदेखि शुरु भएको छ। भर्ना प्रक्रिया अगाडि बढाउन आजदेखि चैत ११ गतेसम्म दरखास्त लिइने बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ८१४ जना म्यादी प्रहरी भर्ना गरिनेछन्। दरखास्त दिएकाहरूको छनोट प्रक्रिया १५ चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण शुरु गरिनेछ।छनोटका विभिन्न मापदण्डसमेत निर्धारण