वाग्मती नदीमा जलयात्रा (र्याफ्टिङ ) सम्पन्न भएको छ । वाग्मती महोत्सव– २४औं सस्करणका रुपमा शनिबार ‘र्याफ्टिङ’ सम्पन्न भएको हो । नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलले संयुक्त रुपमा वाग्मती नदी महोत्सव महाजात्रा सम्पन्न गरेको हो । र्याफ्टिङ कुपण्डोलबाट सुरु भएर सुन्दरीघाट पुगेर सकिएको थियो ।