पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला हक्कीमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ। पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो।टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे। त्यसअघि खेलको नवौँ मिनेटमा नेपाल आर्मीकी सरस्वती तामाङले एक गोल गरेकी थिइन्। त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सविना पुन रानाले एक गोल थपिन्। खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरम