काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदलाई सुचारु बनाउन नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नेपाली काँग्रेस जस्तो लामो समय संसदीय अभ्यास गर्दै आएको पार्टीले निरन्तर संसद अवरुद्ध गर्न नहुने बताए । उनले सरकारलाई जेठ १५ गते संसदमा बजेट पेश […]