सुन्तलाको भाउ अहिलेसम्मकै उच्च

सोलुखुम्बुमा सुन्तलाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अहिले प्रतिकेजी सरदर १२० रुपियाँसम्म सुन्तलाको खरिद बिक्री भइरहेको छ । अघिल्ला वर्षहरूमा प्रतिकेजी ६० देखि ७० रुपियाँ केजीमा बिक्री भएको सुन्तला यो वर्ष बढेर एक सय रुपियाँदेखि १२० रुपियाँसम्म पुगेको व्यापारीले बताएका छन् । सुन्तला उत्पादनमा भारी गिरावट आएपछि मूल्यवृद्धि भएको स्थानीय कृषक बताउँछन् । जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्र थुलुङ दूधकोसी, नेचासल्यान र माप्यदूधकोसी गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला उत्पादनमा गिरावट आएको हो । विगतको तुलनामा सुन्तला उत्पादनमा करिब ७५ प्रतिशत कमी आएकाले जिल्लामा सुन्तलाको भाउ अझै बढ्न सक्ने थुलुङ दूधकोसी गाउँपालिकाको देउसा रनेमका रामकुमार राईले बताउनुभयो ।

सम्बन्धित सामग्री

डलरको भाउ अहिलेसम्मकै उच्च : आज बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो । विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । आयात गर्ने सामग्रीका ...

डलरको भाउ अहिलेसम्मकै महँगो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।...

अमेरिकी डलर अहिलेसम्मकै उच्च,नेपाली रुपैयाँ कमजोर बन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो । युरो एकको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो डलरको भाउ

विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।...

डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय २६ रुपैयाँ ३४ पैसा

काठमाण्डाै - अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ३४ पैसा तोकेको छ । यसअघि गएको बिहीवार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा थियो । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । आज युरो १ को खरिददर १३१.६३ पैसा र विक्रीदर १३२.२६ […] The post अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय २५ रुपैयाँ ७२ पैसा

काठमाण्डाै - अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ । यो भाउ अहिलेसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो । रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि, कोभिड १९ का कारण भएको लकडाउनको असरले गएको वर्षको साउन महिनामा सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आ...

सुनको मूल्यमा नयाँ कीर्तिमान, अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो । महासंघले नेपाली बजारमा आजै प्रतितोला २५ सय रुपैयाँले बढेको जानकारी दिएको छ । एकै दिन उच्च मूल्यले बढ्दै छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसअघि, गत वर्ष २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार