काठमाण्डाै - अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ३४ पैसा तोकेको छ ।
यसअघि गएको बिहीवार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा थियो ।
सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।