काठमाण्डाै – फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेकाे हाे ।
नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेकाे छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो ।
नेपालले गएकाे जेठमा कुवेतमा एएफसी एसियन कपकाे अन्तिम चरणकाे छनाेटमा खेल खेलेकाे थियाे । छनाेटमा समूह चरणकाे तीन वटै खेलमा नेपाल पराजित भएकाे थियाे, त्यही हारकाे असर याे वरीयतामा परेकाे हाे ।&n...