काठमाडौं। बहराइनमा रहेका नेपाली नागरिकले खोप लगाउन पाउने भएका छन्। बहराइन सरकारले सबै विदेशी नागरिकलाई खोप लगाउने व्यवस्था गरेको छ। बहराइनस्थित नेपाली राजदुतावासको वेभसाइटबाट अनलाइन फारम भरेर तीनवटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरेको बताइएको छ।