काठमाडौं : नेकपा एमालेको बन्दसत्रमा प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओली अन्तिम नामावली तयार गर्न थालेका छन्।छलफलका लागि बोलाउँदा उपाध्यक्ष भीम रावल नआएपछि ओलीले अन्तिम सूची बनाउन लागेका हुन्।ओलीसँग पार्क सफारी रिसोर्टमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र महेश बस्नेत लगायत उनीनिकट नेताहरू छन्। नामावलीमा सहमति हुन नसक्दा बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ४ बजेसम्म सुरु भएको छैन। अहिले आएर बैठक साँझ सात बजेलाई सारिएको छ। ओली बिहानदेखि निरन्तर छलफलमा छन