एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्युआर कोडसम्वन्धी सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू.आर. कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो ।कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरूलाई क्यू.आर कोड सेवा प्रदान गर्ने सम्बन्