काठमाण्डौ – मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ । यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन पानी पर्ने सम्भावना रहेको हो । आउँदो मङ्गलवारदेखि मौसम क्रमिकरूपमा सुधार हुनेछ । उहाँले भन्नुभयो, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक&nda...