म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको खर्कमा थुप्रिएका चौँरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमालको दृश्य। समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपारा लेक पहाडी भूगोल, हिमाल, सुर्योदय, सुर्यास्तको दृश्य अवलोकनका लागि पर्यटकबीच आकर्षण बन्दै गएको छ ।