काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुका लागि ३ दिने ‘चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको कम्पनीले जनाएको छ।