सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार चालक अनुमतिपत्र छपाइका लागि कार्ड कात्तिक महिनाभित्र आउने भएको छ ।
प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।
सरकारले २ वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि कार्ड आउन सकेको थिएन । पछिल्लो पटक परीक्षणमा समस्या नभएको पाइएकाले ल्याउन लागिएको हो ।
उनले भने, ‘हामीले कार्ड छिटो ल्याउनका लागि कम्पनीसँग सम्...