एमसिसीमा नयाँ सिइओ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा एलिस अलब्राइट नियुक्त भएकी छन्। अमेरिकी सिनेटले उनलाई सिइओ बनाउने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो। उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एमसिसीको सिइओमा मनोनयन गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। अलब्राइट एमसिसीकी छैटौं सिइओ हुन्। एमसिसीले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको ५० करोड अमेरिकी डलरको परियोजना विवादित हुँदा […]

सम्बन्धित सामग्री

सिइओ गुरुङको पदभार

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरे । सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको […]

एलन मस्क ट्विटरकाे सिइओ बन्ने

विश्वका धनाढ्य व्यक्ति एलन मस्कले ट्विटर किन्ने प्रक्रिया पूरा गरेर आफूलाई कम्पनीको नयाँ सिइओ र निर्देशक बनाउन लागेका छन्। कम्पनीले सेक्युरिटी फाइलिङमा यसबारे जानकारी दिएको छ। करिब ४४ अर्ब डलरमा ट्विटर किनेका मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन्। यी परिवर्तनहरू कम्पनीका सिइओ पराग अग्रवाल र अन्य उच्च अधिकारीहरूलाई बर्खास्त गरेपछि […]

मेगा बैंककी सिइओ खुञ्जेलीले दिइन् राजीनामा

काठमाडौं, २५ चैत्र । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । खुञ्जेलीको पहिलो कार्यकाल सकिन लाग्दा बैंकका सञ्चालक समितिसँग कुरा नमिलेपछि राजीनामा दिएकी हुन् । सिइओ खुञ्जेलीले फेरी पनि दोस्रो कार्यकालमा दोहोरिन चाहेकी तर सञ्चालक समितिसँग खटपट परेको जनाइएको छ । वाणिज्य बैंकहरुमा पहिलो महिला सिइओ हुन् ।

नेपाल वन निगमका सिइओ भट्टराई बर्खास्त

सरकारले नेपाल वन निगमका सिइओ रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।  ठगी मुद्दामा कैद र जरिवाना सजाय...

सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता

काठमाडौँ, २ फागुन: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ । सिइओ क्लब अफ ग्लोबलले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका लागि कतार एयरवेजसँग व्यावसायिक सम्झौता गरिएको हो । सम्झौतापत्रका सिइओ […]

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

मेगा बैंक नेपालकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् । काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो । कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सिइओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो । अवार्डले आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै सिइओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्र

नेप्सेका सिइओ साउदले दिए राजीनामा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्।मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। केही समय पहिले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका उनले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा सार्वजनिक गरेका हुन्।सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सिइओ साउद विवादमा तानिएका थिए ।अर्थ समितिका सदस्यहरूले साउदलाई निलम्बन गरी का

आईसीसीले हटायो सिइओ सावनीलाई

एजेन्सी। आईसीसीले आज प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनु सावनीलाई तत्काल लागू हुनेगरी पदबाट हटाएको छ। आईसीसी प्रमुख ग्रेग बार्कलेको अध्यक्षतामा आज बसेको आपत्कालिन बोर्ड बैठकले निलम्बनमा रहेका सिइओ सावनीलाई हटाएको हो। अर्को व्यवस्था नहुँदासम्म कार्यबाहक सिइओ जियोफ एलार्डिसले निरन्तरता पाउने आईसीसीले जनाएको छ। २०१९ अप्रिलमा सिइओ नियुक्त भएका सावनी गत मार्चदेखि निलम्बनमा थिए।

सेन्चुरी बैंकको सिइओ गौतमको राजीनामा !

काठमाडौँ / सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । उनले बैंकको यही असार २० गते बसेको सञ्चालक समितिको ३४२