सिइओ गुरुङको पदभार

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरे । सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको […]

सम्बन्धित सामग्री

सिइओ गुरुङले पदभार सम्हाले

काठमाडौँ। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन्। बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन्।

नबिल बैंकका नवनियुक्त सिइयो ढुंगानाद्धारा पदभार ग्रहण

काठमाडौं, १७ असार । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले पदभार ग्रहण गरेका छन् । ढुंगानाले आज असार १७ गते शुक्रबार पदभार ग्रहण गरेका हुन् । बैंकको असार १६ गते सम्पन्न भएको संचालक समितिको बैठकले सिइयोमा ढुंगानालाई नियुक्त गरेको थियो । ढुंगानासँग बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा १० वर्ष […]

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदभार ग्रहण छन्। ढुंगानाले आज (असार १७ गते शुक्रबार) देखि आफ्नो कार्यभार सम्हालेका हुन्।  असार १६ गते सम्पन्न  बैंकको सञ्चालक समितिको बैठकले...

नेपाल व्यवस्थापन संघको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

वैशाख ३, काठमाडौं । नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ । संघको उपेन्द्रप्रसाद पौड्याल नेतृत्वको नवनिर्वाचित समितिले आइतवार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको हो । संघका निवर्तमान अध्यक्ष किरणकुमार श्रेष्ठले पौड्याललाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डलका प्रमुख गुणराज भट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराए । भट्टले नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरे । नेपाल व्यवस्थापन संघमा प्रत्येक दुई वर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान छ । सोही अनुसार हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हालेका छन् । नवनिर्वाचित अन्य पदाधिकारीहरूमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहनराज ओझा र कोषाध्यक्षमा हेमा कुमारी अधिकारी निर्वाचित भएका छन् । त्यस्तै संघको कार्यकारी सदस्यहरूमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण बहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा रहेका छन् । त्यस्तै मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमन पोखरेल र सुमन शर्मा पनि संघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । संघको प्रबन्ध समितिमा निवर्तमान सभापति  पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने प्रावधान छ । संघमा एकजना कार्यकारी निर्देशक र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने प्रावधान छ । नेपाल व्यवस्थापन संघ ४१ वर्ष अघि गठन भएको संस्था हो । उक्त संस्थामा मुलुकको नीतिगत तहमा योगदान पुरयाएका  व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुरयाउँदै आएका व्यक्तिहरू सदस्य रहन्छन् । संघले नेपाल सरकारको बजेट तथा कार्यक्रम, प्रि–बजेट छलफल, मौद्रिक नीति लगायतका गतिविधिहरूमार्फत  सरकारलाई विज्ञ समूहको रुपमा सघाउँदै आएको छ । त्यस्तै संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरू पनि गर्दै आएको छ ।

ट्वीटरका सिइओ डोर्सी राजीनामा दिँदै

लन्डन, (एजेन्सी) ट्वीटरका सह संस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारिणी ( सिइओ ) पदबाट राजीनामा दिँदै छन् । हाल प्रमुख प्राविधिक अधिकारीको रूपमा रहेका पराग अग्रवालले उनको स्थानमा पदभार सम्हाल्ने ट्विटरले जनाएको छ । सन् २००६ मा ट्वीटरको स्थापना कार्यमा लागेका मध्ये एक डोर्सीले ट्विटर र पैसा भुक्तानी गर्ने फर्म स्क्वायर दुवैमा सिइओ को भूमिकामा […]

सुशील ज्ञवालीको प्राधिकरणमा पदभार ग्रहण :: Pahilopost.com

काठमाडौँ : राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सुशील ज्ञवालीले बिहीवार पदभार ग्रहण गरेका छन्।  मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उनलाई दोस्रो पटक सिइओ नियुक्त गरिएको हो। विसं २०७२ वैसाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः

पुनःनिर्माण प्राधिकरणका सिइओद्वारा पदभार ग्रहण

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भूसालले पदभार ग्रहण गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भूसालले मंगलबारदेखि पुनःनिर्माण प्राधिकरणकाको तेस्राे प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी सम्हालेका हुन् ।