नेष्डो समृद्द लघुवित्तको आईपिओ बाँडफाँड: ३ जनाले ११ कित्ता पाए, ४१ सय १६ जनाको आवेदन रद्द

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गरेको हो ।आईपिओमा कुल २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेकोमा ४ हजार १ सय १६ जनाको आवेदन रद्द भई २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परकोले योग्य रहेका २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदनलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसपछि १० कित्ता शेयर पाएकालाई समावेश गरेर दोस्रो पटक गोलाप्रथा गर्दा थप ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबले ७७ हजार ४ सय ५३ जनाले १० कित्ता शेयर पाएका छन् भने भने ३ जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदक भने हात खाली भएका छन् । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिन्छ । जस अनुसार ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्द लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ । कम्पनी परिचययस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिका, वडा नं. ६, न्यूरोड, गण्डकी प्रदेश, नेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिका, वडा नं. १७, ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ । वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ । आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।आर्थिक वर्ष ७७/७८ मा संस्थापक शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।यो पनि : नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार

सम्बन्धित सामग्री

भिजन लुम्बिनीको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं, ५ मंसिर । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपिओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज (मंगलबार) बिहान ९ बजे आईपिओ बाँडफाँड गरेको हो । आईपीओका लागि आवेदन दिएकामध्ये दुई लाख सात हजार पाँच सय २५ जनाले शेयर हात पारेका छन् । शेयर पाएको आवेदकमध्येृ पाँच जनाले ११ कित्ता पाएका छन् भने अन्य […]

रसुवागढी हाइड्रोको आईपिओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले भदौ २८ गते मंगलबार आईपिओ बाँडफाँड गरेको हो । कम्पनीले   असार १३ गतेदेखि साउन ३१ गते सम्म आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशन गरेको हो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७०० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो ।आईपिओको नतिजा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/ , तथा सहायक बिक्रि प्रबन्धकहरु एनआइबिएल एस क्यापिटलको वेबसाइट  https://www.niblcapital.com/, ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ र सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/ बाट हेर्न सकिने छ  । त्यस्तै सिडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि आईपिओ नतिजा हेर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले आयोजना प्रभावितहरुको  ३ वर्ग कायम गरेको छ ।  जस अनुसार अति प्रभावितहरुमा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन (साविक थुमन गा.वि.स.) र वडा नं. २ टिमुरे (साविक टिमुरे गा.वि.स.) का स्थानीय रहेका छन्। त्यस्तै प्रभावित वर्गमा प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गाविस) र वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.) का साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम (साविक बृद्धिम गा.वि.स.), वडा नं. ४ लाङटाङ (साविक लाङटाङ गा.वि.स.), वडा नं. ५ स्याफ्रबेशी (साविक स्याफ्रुबेशी गा.वि.स.) र वडा नं. ६ धुन्चे (साविक धुन्चे गा.वि.स.)का स्थानीय रहेका छन् । सामान्य प्रभावितमा माथिको २ वर्गमा नपरेका बाँकी सम्पूर्ण जिल्लाबासीहरु रहेका छन्। आयोजनाबाट अति प्रभावित (गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे), प्रभावित (आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बुद्धिम, वडा नं ४ लाङटाङ, वडा नं. ५ स्याफ्रबेशी र वडा नं. ६ धन्चे) र सामान्य प्रभावित (बाँकी सम्पूर्ण जिल्लाबासीहरु) वर्गमा पर्ने बासिन्दाहरुको लागि शेयर बाँडफाँड गर्दा सोको अनुपात क्रमशः ४.५ : १.५ : १ हुने गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । नेपाल धितोपत्र  बोर्डले जेठ ३१ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।  कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  कम्पनीले आगामी पुस २५ गतेदेखि आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य दिएको छ ।

अभियान लघुवित्तको आईपिओ बाँडफाँडः २३ सय जनाको आवेदन रद्द

काठमाडौं, साउन ३० । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये […]

अभियान लघुवित्तको आईपिओ बाँडफाँड मिति तय

अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान ८ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।   हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ।  कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।

पिपुल्स पावरले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रब्नाध्क प्रभु क्यापिटलले शुक्रबार शेयर बाँडफाँड गरेको हो ।शेयर बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा पिपुल्स पावर हाइड्रोको वेबसाइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ ।कम्पनीले असार ८ गतेदेखि  साउन ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि  शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको थियो भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर छुट्याईएको थियो ।   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । स्थानीयको शेयर बाँडफाँड गरेसंगै अब कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

मन्दाकीनी हाइड्रोपावरको आईपिओ बाँडफाँड मंगलबार

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ मंगलबार दिउँसो बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार दिउँसो ४ बजे क्यापिटल कै कार्यलयमा नक्सालमा शेयर बाँडफांड गर्न लागेको हो ।क्यापिटलले साउन ९ गतेदेखि  साउन १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।  कम्पनीले यस अघि नै कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड आज

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा  शेयर बाँडफाँड गर्न लागेको हो ।कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो। सर्बसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् । कम्पनीले जेठ २४ गतेदेखि  असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

मन्दाकीनी हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक बिओके क्यापिटलले हिजो बुधबार शेयर बाँडफाँड गरेको हो । आईपिओको नतिजा क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ । कम्पनीले असार १ गतेदेखि असार २२ गतेसम्म आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गरेको थियो । यस आईपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने ब्यबस्था थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न अनुमति पाएको हो। स्थानीयलाई निष्काशन गरिएको शेयर बाँडफाँड भए संगै अब कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँड

हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई  निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो  । कम्पनीले बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १,२,३,४, ६ र ७ का स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी ठाउँका स्थानीयलाई ९ लाख कित्ता शेयर निष्काशन गरेको हो ।क्यापिटलका अनुसार यस आईपिओमा आस्वा प्रणालीबाट आवेदन दिने ६७८ जना आवेदकहरुबाट २,८४,४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो ।  जसमा २३ जना आवेदकहरुबाट २,७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु आयोजना प्रभावित क्षेत्र बाहेकको क्षेत्रबाट आवेदन प्राप्त भएकोेले उक्त आवेदनहरुलाई रद्द गरी ६५५ जना आवेदकहरुबाट  २,८१,७५० कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु रीतपूर्वक रहेको देखिएको क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार  ६५५ जना आवेदकहरुलाई २,८१,७५० कित्ता शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावितलाई शेयर निष्काशन गरी बाँडफाँड गरेसंगै अब कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।