लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमाले प्रवेश गरेका छन् ।गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनकै बीचमा लेखीलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् । लेखीसहित ५५ जनाको समूह आईतबार एमाले प्रवेश गरेको हो । लेखीले शुक्रबारमात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेको घोषणा गरेका थिए ।