काठमाडौं- हिन्दू धर्ममा निधारमा टीका लगाउने परम्परा हुन्छ । कुनै पनि शुभकार्य, पूजा तथा मन्दिरमा भगवानको दर्शन गरेपछि निधारमा टीका लगाइन्छ ।
निधारमा टीका लगाउनुको पछाडि केही धार्मिक भावनाका साथै वैज्ञानिक आधार पनि छ ।
टीका लगाउँदा हाम्रो निधारको पिट्यूटरी ग्रन्थी सक्रिय हुन लाग्छ । जसका कारण शरीरबाट अल्छीपना दूर हुन्छ । दिमागी शक्तिको विकास हुनुका साथै मानसिक तनावबाट मुक्ति मिल्छ ।
निधारमा नियमित रुपमा टीका लगाउँदा दीमागी नशा सक्रिय हुन्छन् । जसले हामीलाई इनसोमनिया र साइनस जस्ता रोगबाट बचाउँछ ।&n...