जोस बटलरको शतकको मद्दतले आईपीएलको दोस्रो क्वालिफायरमा बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको छ । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए ।राजस्थान रोयल्स सन् २००८ पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । सन् २००८ मा शेन वार्नको कप्तानीमा राजस्थानले पहिलो पटक यो प्रतियोगिता जितेको थियो।टस जितेर राजस्थानका कप्तान सञ्जु सामसनले बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा