काठमाडाैं : नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो । भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ