पछिल्लो तीन दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलिय प्रतिस्पर्धा हुने गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) मिसिएको छ । जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ ।कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले बाजी मार्यो । क्षेत्र नं १ बाट कालीबहादुर मल्ल र क्षेत्र नं २ बाट भक्तबहादुर शाह विजयी भ