धौलागिरी लघुवित्तको साउन २४ देखि सार्वजनिक सेयर निस्कासन

बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन २४ गतेदेखि सार्वजनिक शेयर निष्कासन हुने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निस्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ रु. २५७ रुपैयाँ हुन आउने कम्पनीले जनाएको छ ।