मुसलधारे वर्षासँगै २०६८ जेठमा आएको पहिरोले यहाँको चिउरी बस्तीलाई नै घेर्यो । ठाउँठाउँमा धाँजा फाटेर जोखिम बढेपछि बस्ती नै सार्नुपर्ने अवस्था आयो । स्थानीय अन्यत्र जग्गा खोज्ने प्रयासमा लागे । तर १२ वर्षदेखि बस्ती नसार्दा नलगाड नगरपालिका–१ चिउरी बस्तीले यसपालि भूकम्पमा धनजनको ठूलो क्षति व्यहोर्नुपरेको छ । त्यसअघि ०५१ साउनमा पनि यो बस्तीलाई पहिरोले घेरेको थियो ।