बैंकहरूलाई थप पूँजीको दबाब

काठमाडौं। नेपाल राष्ट्र बैंकले क्यापिटल एड्युकेसी फ्रेमवर्क–२०१५ को व्यवस्थाअनुसार ‘काउन्टर साइक्लिकल बफर’ व्यवस्था कार्यान्वयन गरेपछि बैंकहरूलाई पूँजीको दबाब बढ्ने भएको छ । राष्ट्र बैंकले शुक्रवार एकीकृत निर्देशन २०७९ संशोधन गर्दै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष (आव) देखि काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।  हाल वाणिज्य बैंकहरूले प्राथमिक पूँजी (टायर वान क्यापिटल) ८ दशमलव ५ प्रतिशत र पूरक पूँजी (टायर टू क्यापिटल) २ दशमलव ५ प्रतिशत गरी ११ प्रतिशत पूँजीकोष कायम गर्नुपर्छ । अब काउन्टर साइक्लिकल बफर कार्यान्वयनसँगै बैंकहरूलाई २ दशमवल ५ प्रतिशतसम्म अतिरिक्त पूँजी कायम गर्नुपर्ने भएको हो ।  राष्ट्र बैंकले २०७६ साउनमा २ प्रतिशत काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर, कोभिड महामारी फैलिएपछि कर्जा विस्तार बढाउनका लागि भन्दै उक्त प्रावधान स्थगित गरेको थियो । चालू आवबाट फेरि उक्त प्रावधान कार्यान्वयनमा ल्याएको हो । यद्यपि हालसम्म राष्ट्र बैंकले क्यापिटल एड्युकेसी फ्रेमवर्क–२०१५ को प्रावधान अनुसार काउन्टर साइक्लिकल बफरअन्तर्गत थप पूँजीबारे स्पष्ट पारेको छैन । यसका लागि आवश्यक तथ्यांक संकलन भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।  फ्रेमवर्कअनुसार विगत ५ वर्षको औसत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा निजीक्षेत्रमा प्रवाह भएको कर्जाको अनुपात तथा गत आवको जीडीपीको तुलनामा निजीक्षेत्रमा प्रवाह भएको कर्जाको अनुपातको फरक अंकका आधारमा काउन्टर साइक्लिकल बफरअनुसार अतिरिक्त पूँजी निर्धारण गरिन्छ । त्यसअनुसार औसत अनुपात र गत आवको अनुपात फरक ५ अंकसम्म भएमा काउन्टर साइक्लिकल बफर राख्नु नपर्ने, ५ देखि ७ दशमलव ५ अंक भएमा शून्य दशमलव ५ प्रतिशत, ७ दशमलव ५ देखि १० अंक भएमा १ प्रतिशत, १० देखि १२ दशमलव ५ अंक भएमा १ दशमलव ५ प्रतिशत, १२ दशमलव ५ देखि १५ अंक भएमा २ प्रतिशत र १५ अंकभन्दा बढी फरक भएमा २ दशमलव ५ प्रतिशत अतिरिक्त पूँजी व्यवस्था गर्नुपर्ने प्रावधान छ ।  नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल विगत ५ वर्षको कर्जा विस्तार र गत आवको कुल गार्हस्थ्य उत्पादन तथा कर्जा विस्तारको अनुपात फरक २ प्रतिशत मात्र देखिएकाले यस वर्ष काउन्टर साइक्लिकल बफरअन्तर्गत अतिरिक्त पूँजी व्यवस्था गर्नु नपर्ने अनुमान गर्छन् ।  ‘सरसर्ती हिसाब गर्दा यो वर्ष अतिरिक्त पूँजी राख्नुपर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘यसबारेमा राष्ट्र बैंकले आधिकारिक धारणा सार्वजनिक गर्ला ।’ तर, लामो समय रोकिएको काउन्टर साइक्लिकल बफरको व्यवस्था लागू गर्ने उपयुक्त समय नभएको र यसले प्रतिफल घटिरहेका बेला बैंकहरूलाई निरुत्साहित गर्ने उनले बताए । क्यापिटल एड्युकेसी फ्रेमवर्क लागू गर्दा १ प्रतिशतमात्र रहेको कर्जा जोखिम व्यवस्था अहिले १ दशमलव ३ प्रतिशत रहेकाले वित्तीय प्रणालीको जोखिम न्यूनीकरण गर्न काउन्टर साइक्लिकल बफर आवश्यक नभएको उनको तर्क छ ।  अहिले नै बैंकहरू पूँजी पर्याप्तता अनुपात बढी हुँदा थप कर्जा विस्तार गर्न नसक्ने अवस्थामा छन् । काउन्टर साइक्लिकल बफरअनुसार अतिरिक्त पूँजी व्यवस्था गर्नुपर्ने भएपछि चालू आवमा बैंकहरूको कर्जा प्रवाह खुम्चिने भएको छ । चालू आवको मौद्रिक नीतिमा निजीक्षेत्रतर्फ जाने कर्जा ११ दशमलव ५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ । राष्ट्र बैंकका अनुसार २०७९ चैतसम्म वाणिज्य बैंकहरूको औसत पूँजी पर्याप्तता अनुपात १३ प्रतिशत छ । यसमध्ये सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६ दशमलव ६३ प्रतिशत र सबैभन्दा कम पूँजी पर्याप्तता अनुपात प्रभु बैंकको ११ दशमलव ६३ प्रतिशत छ । तोकिएको पूँजी पर्याप्तता अनुपात कायम नगर्ने बैंकहरूलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने र शीघ्र सुधारात्मक कारबाही गर्न सक्ने प्रावधान छ ।  यसैगरी राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकहरूले पनि एड्युकेसी फ्रेमवर्क–२०१५ अनुसार पूँजी अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।  निर्देशनअनुसार अब राष्ट्रिय स्तरका विकास बैंकले पनि ११ प्रतिशत पूँजीकोष अनुपात कायम गर्नुपर्नेछ । हालसम्म विकास बैंकहरूले टायर वान क्यापिटल ६ प्रतिशत र टायर टू क्यापिटल ४ प्रतिशत गरी पूँजीकोष अनुपात न्यूनतम १० प्रतिशत कायम गर्दै आएका छन् । विकास बैंकहरूले पनि काउन्टर साइक्लिकल बफरको व्यवस्था भने लागू गरेका छैनन् ।  शेयर, अटो र घरजग्गा कर्जामा सहजीकरण  राष्ट्र बैंकले शेयर धितो कर्जाका साथै अटोमोबाइल तथा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउन जोखिमभार घटाएको छ । निर्देशनअनुसार ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा शतप्रतिशत जोखिमभार राखे पुग्नेछ । यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा मात्रै शतप्रतिशत जोखिमभार राख्नुपर्ने प्रावधान थियो । अब पनि ५० लाखभन्दा माथिको कर्जामा १५० प्रतिशत नै जोखिमभार कायम गर्नुपर्नेछ । यस्तै, लाइसेन्स प्राप्त रियल इस्टेट कम्पनीलाई जग्गा प्राप्ति र विकासजस्ता कामका लागि प्रवाह गरिने कर्जामा पनि शतप्रतिशत जोखिमभार राख्ने व्यवस्था गरिएको छ । यसअघि सबै प्रकारका घरजग्गा कारोबारसम्बन्धी कर्जामा १५० प्रतिशत जोखिमभारको प्रावधान थियो । २५ लाख रुपैयाँसम्मको व्यक्तिगत हायर पर्चेज तथा गाडी कर्जामा पनि शतप्रतिशत मात्रै जोखिमभार कायम गरे पुग्ने व्यवस्था गरिएको छ ।  यसैगरी पहिलोपटक घर खरीद वा निर्माण गर्ने व्यक्तिलाई दिने कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ पुर्‍याइएको छ । व्यक्तिगत आवासीय घर कर्जा तथा आवासीय घर कर्जाको सीमा पनि १ करोड ५० लाख रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ पुर्‍याइएको छ । विशेष परियोजना तथा क्षेत्रमा जाने कर्जामा बैंकहरूले आधारदर भन्दा कममा लगानी गर्न पाउने प्रावधान गरिएको छ ।  निर्देशनमा २५ लाख रुपैयाँभन्दा बढी कर्जा लिने व्यक्तिलाई स्थायी लेखा नम्बर अनिवार्य गर्नुका साथै मौद्रिक नीतिमा घोषणा गरेअनुसार रिपोदर ६ दशमलव ५ प्रतिशत, स्थायी तरलता सुविधा ७ दशमलव ५ प्रतिशत र निक्षेप संकलन दर ४ दशमलव ५ प्रतिशत कायम भएको छ । 

सम्बन्धित सामग्री

नेविसंघको वैधानिक पूर्णताका लागि दबाब बढाउँदै  इतरनिकट विद्यार्थी नेता

कांग्रेसको इतर समूहका विद्यार्थी नेताहरुले नेपाल विधार्थी संघ (नेविसंघ) को वैधानिक पूर्णताका लागि थप दबाब दिने भएको छ। बिहीबार राजधानीमा भएको इतरनिकट विधार्थी नेताहरुको भेलाले यस्तो निर्णय गरेको हो।  विद्यार्थी नेता भुवन...

रूसी ऊर्जा क्षेत्रमा थप दबाब दिन जेलेन्स्कीको आग्रह

कीभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथिको आक्रमणलाई लिएर यूरोपेली संघ (ईयू) ले मस्कोमाथि नयाँ चरणको प्रतिबन्ध लगाएको एक दिनपछि शुक्रबार ब्रसेल्सलाई रुसको ऊर्जा क्षेत्रमा दबाब बढाउन आह्वान गरेका छन् । जेलेन्स्कीले प्रागमा आयोजित ईयू शिखर सम्मेलनलाई सम्बोधन गर्दै भने, “आक्रमणकारी राज्यको आयको मुख्य स्रोत रुसी ऊर्जा क्षेत्रमा दबाबको दिशामा अघि बढ्नुपर्छ ।” उहाँले मस्कोमाथि […]

तरलतामा थप दबाब सिर्जना: महासंघ

उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ८ महिना यता बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने बताएको छ।...

मौद्रिक नीतिले तरलतामा थप दबाब सिर्जना गर्छ : महासंघ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले करिब ८ महिनादेखि बजारमा देखिएको तरलताको अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । विदेशी मुद्रा आर्जनको स्रोत बढाउने उपाय भन्दा पनि कर्जा नियन्त्रण गरी खर्च कटौती गर्नेतर्फ नीतिको रुझान देखिएको संघको भनाई छ ।‘उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम गर्ने, कोभिड १९ बाट अति प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधा कायम राख्ने, साना उद्

एमसिसीबारे देउवाले प्रचण्डमाथि बढाए दबाब

काठमाडौं, ११ पुस : पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् । एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा विज्ञप्ति निकालेर बताइरहँदा देउवामाथि थप दबाब परेको बुझ्न कठिन छैन । तर गठबन्धन सरकार भएका कारण र संसदमा आफ्नो दल कमजोर हुँदा देउवाले चाहेजस्तो […]

एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब

काठमाडौं, मंसिर २९ । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब दिएको छ। चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो। चीन सरकारका अधिकारीहरूले […]

राजीनामाको अडानमा न्यायाधीशहरू एकमत, थप दबाब बढाउँदै बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई न्यायालय विवादको निकास दिन थप दबाब बढ्दै गएको छ । प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने मागमा बाँकी सबै न्यायाधीशहरू एकमत छन् । आफ्नै सहकर्मी न्यायाधीशहरूले समेत मार्गप्रशस्त गर्नका लागि गरेको आग्रहलाई जबराले अस्वीकार गरेपछि प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच 'टसल' थप पेचिलो बन्दै गएको छ ।  प्रधानन्यायाधीशले शुक्रवार पेशी तोके पनि इजलास बस्न सकेन । प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरू शुक्रवार पनि छुट्टै सामूहिक बैठक बसेका कारण इजलास सञ्चालन नै हुन स...

प्रधानन्यायाधीशलाई राजीनामा दिन दबाब

काठमाडौं, कार्तिक ९ । सर्वोच्च अदालतका न्यायाधीशहरुले सोमबार इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्रशमशेर राणामाथि थप दबाब परेको छ । सोमबारका लागि १० वटा इजलास तोकिए पनि कुनै पनि इजलासमा मुद्दाको सुनवाइ हुन सकेन । १३ जना न्यायाधीशले आइतबार नै पूर्ण इजलास बहिष्कार गर्ने निर्णय गरेका हुन् । न्यायाधीश नहकुल सुवेदी भने उपचारका लागि […]

अफगानिस्तानमा अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब

काठमाण्डाै - अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताउनुभएको छ । राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् । जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख एजेण्डा बन्ने भएको छ । तालिबानले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् । प...