सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट मोहनबहादुर बस्नेतको नाम सिफारिस

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष तर्फबाट चुनाव लड्न मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले बस्नेतको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।त्यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ सिद्धबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ । सिन्धुपाल्चोक–१ को प्रदेशसभा तर्फको २ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ भने २० जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा तर्

सम्बन्धित सामग्री

माओवादी सिन्धुपाल्चोक १ बाट सभामुखसँगै तीन जनाको नाम सिफारिस

सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै  सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य  माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् ।सभामुख सापकोटाको नाम पहिलो  नम्बरमा सिफारिस गरिएको छ। यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरु

पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस

सिन्धुपाल्चोक, भदौ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्र्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ । पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि बस्नेतलाई मात्र सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट भने सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ । सोही क्षेत्रको […]