नेकपा (एमाले)की सांसद निरुदेवी पालले निहारिका राजपूत भनिने सोनालीकुमारी सिंहलाई न्याय दिनका लागि सरकारसँग आग्रह गरेकी छन् । उनले पीडितले थप पीडा पाउने र पीडक भने न्यायालयबाट उन्मुक्ति पाउने कस्तो न्याय प्रणाली हो भनेर पनि प्रश्न गरेकी छन् । उनले निहारिका राजपूत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन पहल गर्नुपर्ने पनि माग गरेकी छन् ।