जेठ ५, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रू. डेढ करोड विनियोजन गरेका छ ।
उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया, गुलरियाका अध्यक्ष अंगद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए ।
दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ अस्पताललाई रू. १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । रासस