प्रहरी धमाधम कोरोना संक्रमित, तर जटिल छैन अवस्था

नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्टका क्रममा संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्टबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन् । उनले संक्रमितहरुको संख्या थपिँदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे । प्रवक्ता केसीले फ्रन्टलाइनमा खटिने प्रहरीहरूका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको बताए । 

सम्बन्धित सामग्री

बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते

काठमाडौं। बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते भएका छन्। चितवनमा जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिए भने ८ जना निको भएका छन्। बढुवा भएका पाँच एआईजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ। नेपाललाई स्वीस सरकारले ८६ करोड अनुदान दिएको छ।

कोरोना संक्रमित एक जनाको मृत्यु

धनगढी – धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। जिल्ला प्रहरी कैलालीका अनुसार गत महिनाको २७ गते मोटरसाइकलबाट लडेर घाइते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए। त्यसपछि यही महिनाको ७ गते चेक गर्दा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो। […]

टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा

डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले...

काठमाडौंमा २८ प्रहरीलाई कोरोना संक्रमित

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित, अस्पताल भर्ना

काठमाडौं, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा संक्रमण भेटिएको बुझिएको छ । कोरोना संक्रमित जबरा अस्पताल भर्ना भएका छन् । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना संक्रमित वृद्ध मृत फेला

दमक । झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना संक्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार […]

अटेर गरेको आरोपमा व्यवसायी र अटो एम्बुलेन्स प्रहरी नियन्त्रणमा

हेटौंडा : मकवानपुरको हेटौंडामा प्रशासनको नियम उल्लंघन गरेको बरोपमा व्यवसायी र अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित बोक्न सञ्चालन भएको अटो एम्बुलेन्सले खाद्यान्न बोकेको र भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको भन्दै ३ जना व्यवसायी तथा एकजना अटो एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा हेटौंडाका व्यवसायी हिरालाल शाह, सुवासराज मैनाली र बमबहादुर थापा रहेका छन् भने अटो चालक रवीन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव

अक्सिजन सिलिन्डर खोज्न देशभरि प्रहरी परिचालन

कोरोना संक्रमित बिरामीको संख्यासँगै अक्सिजनको माग बढेपछि यसको व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । शनिबार विभिन्न जिल्लामा प्रहरीले अक्सिजनका खाली सिलिन्डर संकलन गरेको छ । कतिपय स्थानमा समयमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुन...

दोस्रो लहरमा अहिलेसम्म ७० जना प्रहरी कोरोना संक्रमित

काठमाडौं। दोस्रो लहरको कोरोना महामारीको सुरुवातमा ७० भन्दा बढी प्रहरी संक्रमित भएका छन्। दोस्रो लहरको सुरुवातसँगै ७० भन्दा बढी प्रहरी कोरोना संक्रमित भएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए। पहिलो लहरको बेला सात हजार ३०० भन्दा बढी प्रहरी अधिकारी कोरोना संक्रमित भएका थिए। स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै प्रहरीले आफ्नो कर्तव्य पालना गरिरहेको उनको भनाइ छ।

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको […]