ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ । नव वर्ष लक्षित यस स्किममा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यो स्किम वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।