१६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीका बेला यात्रुको उद्धारका लागि खटिएका जहाजले चार्टर्ड उडानमा चर्को भाडा लिएको एक अध्ययनले देखाएको छ । चार्टर्ड उडानमा बढी भाडा लिएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानविन समितिको अध्ययनले यस्तो देखाएको हो । समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई प्रतिवेदन बुझाएको छ । […]