पोखरा : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न शहरमा चार्टर्ड उडान शुरु हुने बताए।नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन्। ‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजोमात्रै अन्तिम कुराकानी गरेका छौँ,