शेरबहादुर देउवा सरकारले स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आज प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको संशोधित बजेटले यस्तो नीति लिएको हो ।बजेटमार्फत स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएको मितिले ३ वर्षसम्म सतप्रतिशत कर छुट दिने व्यवस्था गरेको छ । यस्तै, बजेटले स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पनि सोही प्रकारको छुट दिने व्यवस्था गरेको जानकारी दिएको छ ।३ वर्ष पूर्ण कर छुटपछिको थप २ वर्षसम्म ५० प्रतिशत कर छु